खगेन्द्र पराजुली ।
जेठ २२, नवलपुर । सामाजिक बिकास कार्यालय नवलपुरले पत्रकारसँग अन्तरक्रिया गरेको छ । सदरमुकाम कावासोतीमा भएको कार्यक्रमको अन्तरक्रियामा प्रस्तुति राखेका सहभागीले मानव ससाधन क्षेत्रको बिकासमा महत्वपूर्ण मानिने सामाजिक बिकासलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए ।
अन्तरक्रियामा पत्रकारले प्रश्न, जिज्ञासा, सुझाव सहित केही अपेक्षा धारणाका रुपमा प्रस्तुत गरेका थिए ।
करीव ३ दर्जन पत्रकारको उपस्थिति रहेको कार्यक्रममा पत्रकारका नेता केबी राना, श्रीराम सिग्देल, विरेन्द्र पराजुली, कमला राना लगायतले धारणा राखेका थिए । पत्रकारका नेताहरुबाट समेटिन नसकेका अस्पष्टताका बारेमा क्रियाशिल पत्रकारकारहरुले समेत जिज्ञासा राखेका थिए ।
अन्तरक्रियामा उठेका प्रसंगको सिडियो भविश्वर पाण्डे, सहायक सिडियो माधवप्रसाद शर्मा, सामाजिक बिकास कार्यालय नवलपुरका प्रमुख कृष्णप्रसाद पौडेलले जवाफ प्रस्तुतिकरण राखेका थिए ।
सामाजिक बिकास कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी हरिशंकर शर्माले गरेका थिए । कार्यालय प्रमुख पौडेलले अन्तरक्रिया पूर्व सामाजिक बिकास कार्यालय नवलपुरको वार्षिक प्रगति सहितको डिजिटल कार्यपत्र प्रस्तुत गरेका थिए ।