खगेन्द्र पराजुली ।
जेठ २४, नवलपुर । कावासोतीमा शाखा रहेको मेन्टर एजुकेशन अष्ट्रेलियाले रजहरको पिप्रहरमा करियर काउन्सिलिङ, मौलिक नेपाली खाना प्रतियोगिता र साँगितिक सहितको रिफ्रेसमेण्ट कार्यक्रम गरेको छ ।
पिप्रहरको शिशवार चितवन टाइगर रिसोर्टमा शुक्रबार भएको कार्यक्रमममा १ सय ५० बढी विद्यार्थीले काउन्सिलिङमा भाग लिएका थिए भने ६ टीममा १८ विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए ।
होटल मेनेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थीको हस्पिटालिटी सर्भिसलाई निखारता ल्याउन र मौलिक नेपाली खानाका बारेमा नयाँ पुस्तालाई जानकारी दिलाउन फलदायी हुने अपेक्षाका साथ जिल्लामै पहिलो पटक भएको प्रतियोगितामा प्रतिस्पर्धी समूहले फरक–फरक खाना बनाएका थिए ।
प्रतिस्पर्धी समूहमध्ये मध्यविन्दु क्याम्पसकी समिक्षा, शान्ति र पवनको समूह प्रथम, लर्ड बुद्धको वर्षा, निकिता र प्रितीको समूह द्धितीय, लुम्विनी कलेजका समिर, निशान र युनिकाको समूहले तृतीय स्थान हासिल गरे ।
विजयी समूहलाई मेन्टर कावासोतीले क्रमशः ८ हजार, ४ हजार, र २ हजार नगद र उपहार सहित पुरस्कृत गरेको थियो ।
प्रतियोगिता पूर्व सहभागी विद्यार्थीलाई कार्यक्रमको औचित्यका बारेमा औपचारिक कार्यक्रम भएको थियो ।
नवलपुर होटल ब्यवसायी संघका अध्यक्ष सन्तोष राना, उपाध्यक्ष यमप्रसाद न्यौपाने, देवचुली होटल ब्यवसाय संघका अध्यक्ष लक्ष्मण चापागाईले नवलपुरमा होटल हस्पिटालिटी रर टुरिजम क्षेत्रको स्थिति र भविष्यका बारेमा धारणा राखेका थिए ।
कार्यक्रमको मुख्य प्रायोजक मेन्टर एजुकेशन कावासोतीका तर्फबाट गणेशराज गिरीले मेन्टरले प्रदान गर्ने करियर काउन्सिलिङदेखि एब्रोड प्लानमा गरिने प्रोसेसका बारेमा जानकारी दिएका थिए ।
यस्तै, कार्यक्रममा सहभागी भएकाहरुमध्ये गोलाप्रथाबाट छनोटमा पर्ने ५ जनालाई आकर्षक प्याकेज सहितको गिफ्ट उपहार रहेको मेन्टर कावासोतीले जनाएको छ ।