सन्दीप पराजुली ।
जेठ २४, नवलपुर । पौडी खेल्ने क्रममा पानीमा डुब्दा एक बालिकाको ज्यान गएको छ । नवलपुरको विनयी त्रिवेणी देउरालीकी ८ वर्षीया रोशना रखाल स्थानीय खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार विनयी र खग्रास खोलाको दोभानमा ४–५ जना बालबालिका पौडी खेल्न गएका थिए । पानीमा डुबेकी रोशनालाई स्थानीयले उद्धार गरी डण्डास्थित सरकारी अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याएको करीव १ घण्टामा डाक्टरले वालिकाको मृत्यु भएको पुष्टि गरेको प्रहरीले जनाएको हो ।
सर्दी चौकीबाट अन्दाजी ६ किलोमिटर र इलाका प्रहरी दुम्किबासबाट १४ किलोमिटर दुरीमा रहेको घटनास्थल मुचुल्काका सहित अनुसन्धान प्रक्रियामै रहेको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक इन्स्पेक्टर रामचन्द्र घिमिरेले जानकारी दिएका छन् ।