शिव माविका शिक्षकलाई एआई तालिम

0 Shares

जेठ २६, कावासोती । आधुनिक प्रविधिको विकाससँगै शिक्षामा प्रविधिलाई जोड्ने प्रयास स्वरूप कावासोती नगरपालिकामा नै पहिलोपटक कृत्रिम बौद्धिकता (AI) सम्बन्धी तालिम भएको छ।

गण्डकी प्रदेशका रोस्टर प्रशिक्षक श्रीकृष्ण आचार्यले एआइसँग सम्बन्धित विषयवस्तुमा सहजीकरण गरेका थिए । शिव माविका  शिक्षक लक्षित तालिम भएको शिक्षक दिपक विष्टले जानकारी दिए ।  तालिममा ६२ जना  शिक्षक सहभागी रहेका थिए ।

तालिममा  शिक्षामा कृत्रिम बौद्धिकता प्रयोग, सिकाइ, सहजीकरण, योजना निर्माण, मूल्याङ्कन र विषयवस्तुको तयारीका सम्बन्धमा एआईको प्रयोगका बारेमा जानकारी दिईएको थियो ।  उक्त तालिम शिव माविमा दुईदिन चलेको थियोे ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप