सर्दीको खोलामा बुटबलका रोज दंगालको मृत्यु

0 Shares

जेठ ३०, दुम्किबास । विनयी त्रिवेणीको खकरा खोलामा पौडी खेल्न गएका एक किशोरको मृत्यु भएको छ । बुटबलबाट साथीकोमा पुगेका १८ वर्षका रोज दंगालको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विनयी त्रिवेणी ४ का सविन श्रेष्ठसँगै घुमघमा गर्न बुटबलका त्रिलोचन न्यौपाने र रोज दंगाल सर्दी वगैचा पुगेका थिए । शुक्रबार साँझ पौने ६ बजेतिर पानीमा वेपत्ता भएका दंगालको शव सवा ६ बजेतिर फेला पारेको प्रहरीले जनाएको छ । सविनकी आमा शुशिला श्रेष्ठले खवर गरे लगत्तै घटनास्थल पुगेको प्रहरीले अनुसन्धान थालेको छ । मृतक रोज दंगालका बाबुआमा विदेशमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप