नवलपुर । भीमसेन माविमा स्वास्थ्य कार्यालय नवलपुरले विद्यालयमा स्वास्थ्य कार्यक्रम गरेको छ । कक्षा ६ देखि १० सम्मका प्रतिनिधिमूलक विद्यार्थीको सहभागितामा डेंगु रोकथाम नियन्त्रण र यौनजन्य संक्रमण, एचआइभी एड्स सम्वन्धि अभिमुखीकरण भएको हो ।
प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपुरको वार्षिक कार्यक्रमअन्तर्गत सचेतनामूलक अभिमुखीकरणमा स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठ र स्वास्थ्य कार्यालय नवलपुरका संक्रमण रोग फोकल पर्सन डिल्लीराम तिवारीले डेंगु संक्रमणको जोखिम, सुरक्षित रहन अपनाउनुपर्ने सावधानी सचेतनाका बारेमा सहजीकरण गरेका थिए ।
दुई सत्रमा चलेको अभिमुखीकरणको दोस्रो कक्षा स्वास्थ्य कार्यालय नवलपुरका सागर पराजुली र लुम्बिनी प्लस कावासोतीका अध्यक्ष निर्मला पौडेलले यौनजन्य संक्रमण, एचआइभी र एड्सका बारेमा चर्चा परिचर्चा गरेका थिए ।
विद्यालयमै विद्यार्थीसँग गरिने सचेतनामूलक कार्यक्रममको प्रभाव तत्कालै घर परिवार सचेतनाबाट देखिने भएकाले कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ ।