बृक्षरोपण गर्न राष्ट्रपति कावासोती आउने

0 Shares

जेठ ३०, कावासोती ।
राष्ट्रपति रामचन्द्र पौडेल बृक्षरोपण गर्न नवलपुर आउने भएका छन् । असार २ गते सोमबार पौडेल कावासोतीमा बृक्षरोपण कार्यक्रममा आउने भएका हुन् ।
कावासोती ३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक बनमा हुने बृक्षरोपणमा सरिक हुने कार्यतालिका तय भएको राट्रपति कार्यालयले जनाएको छ । एघारौं चुरे संरक्षण दिवसको अवसरमा कावासोतीमा आयोजित राष्ट्रिय स्तरको कार्यक्रममा राष्ट्रपतिको उपस्थिति रहने पनि सचिवालयले स्पष्ट पारेको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको आयोजनामा हुने बृक्षरोपण नवलपुर सदरमुकाम कावासोतीको भविष्यलाई संकेत गर्दै संरक्षणमा सन्देश प्रवाह गर्ने अपेक्षा लिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप