साविक गाविसका ४ टीमको फुटबल प्रतिस्पर्धामा रजहर विजयी

0 Shares

सन्दीप पराजुली ।
असार २, देवचुली । नमूना खेल मैदानमा भएको अन्तर साविक गाविस स्तरीय फुटवल प्रतियोगितामा साविक रजहर प्रथम भएको छ । देवचुली नगरपालिका वडा नं. १ को सहयोग तथा वडा खेलकुद समिति ११ को आयोजनामा शनिबार भएको एक दिवसीय प्रतियोगितामा दिब्यपुरीलाई निर्णायक १ गोल गर्दै रजहरले जित सुनिश्चित गर्यो ।
अण्डर थर्टिन उमेरका बालबालिकाबीच भएको ४० मिनेट अवधिको प्रतिस्पर्धामा खेलको अन्त्यतिर रजरहका सुलभ विकले गरेको गोल जितका लागि निर्णयक बन्यो ।
यसअघि, साविक देवचुलीलाई २–० गोल अन्तरले हराउँदै रजहरसँग खेलेको दिब्यपुरी दोस्रो भयो । देवचुलीलाई दिब्यपुरीका पूर्ण बहादुर बराम र सफल बरामले १–१ गोल गरेका थिए ।
४ टीमबीच भएको प्रतियोगितामा प्रथम भएको रजहरले पहिलो चरणमा प्रगतिनगरलाई ३–० गोल अन्तरले जितेको थियो । प्रगतिनगरलाई रजहरका सुजल शर्मा, आर्नोल क्षेत्री र मञ्जित नेपालीले एक–एक गोल गरेका थिए ।
प्रथम र दोस्रो हुने टीमलाई शिल्ड, खेलाडीले मेडल, पुरस्कार पाएका छन् । प्रथम हुने टीमलाई कैलाशचोकको यज्ञपुष्प इन्टरप्राइजेजले सौजन्य गरेको जर्सी सेट प्रदान गरिएको थियो ।
वडा नं. ११ का अध्यक्ष तिलप्रसाल काफ्लेको प्रमुख आतिथ्यतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा खेलकुद बिकास समिति देवचुलीका अध्यक्ष दिपकचन्द्र भटराई, उपाध्यक्ष अमर बहादुर घर्तीमगर लगायत खेलकुद बिकास समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कर्यक्रमको अध्यक्षता गरेका वडा खेलकुद बिकास समिति ११ का अध्यक्ष रमेश थापाले खेल अवधिभर रेफ्री टीमको जिम्मेवारी निर्वाह समेत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप