श्रीमानले चलाएको ट्याक्टर पल्टिदा श्रीमतीको घटनास्थलमै मृत्यु

0 Shares

असार ३, नवलपुर ।
गिरुवारी खोलामा ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान खोला तर्ने क्रममा ट्याक्टर पल्टिएको हो ।
प्रहरीका अनुसार मध्यविन्दु १५ की यमकुमारी थनेतको घटनास्थलमै मृत्यु भएको हो । खोला तर्ने क्रममा पल्टिएको ट्याक्टरले यमकुमारीलाई च्यापेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ४ जना सवारमध्ये ३ जना सकुसल रहेका पनि जनाईएको छ ।
दुर्घटनामा ज्यान गुमाएकी यमकुमारीका श्रीमान् दोरन थारुले चलाएको ट्याक्टर दुर्घटनामा परेको हो । ना ७ त २९६७ नम्वर ट्याक्टरका चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप