रास्वपा देवचुलीले बुझायो नगर प्रमुखलाई सुझाव–पत्र

0 Shares

असार ३, देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीले देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेलाई सुझाव बुझाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन पार्टीका तर्फबाट १७ बुदे सुझाव पत्र बुझाएको हो ।
मंगलबार नगर प्रमुखलाई भेट्न पुगेको रास्वपा टोलीले वुझाएको पत्रमा राजनैतिक रुपमा अनेकौ विमति भएपनि देवचुलीको बिकासमा रास्वपा प्रतिवद्ध रहेको जनाएको छ ।
पार्टी अध्यक्ष्य शेरबहादुर केसीको नेतृत्वमा पुगेको टोलीले बाचन सहित बुझाएको सुझाव पत्र ग्रहण गरेका नगर प्रमुख हरिप्रसाद न्यौपानेले राजनैतिक रुपबाट आएका सुझाव महत्वपूर्ण हुने भएकाले परिणाममुखी कार्यक्रम नै प्राथमिकीकरणमा पर्नेमा बिश्वस्त रहन आग्रह गरेका नगर प्रमुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप