खगेन्द्र पराजुली ।
असार ९, देवचुली । देवचुली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ९० करोड बराबरको बजेट प्रस्तुत ल्याएको छ । सोमबार देवचुली नगरपालिकाको १६ औं नगरसभामा उपप्रमुख पार्वता तिवारीले आगामी आवको लागि ८८ करोड ५४ लाख ५९ हजार ५ सय ४३ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
देवचुली नगरपालिकाले पूर्वाधार बिकासमा २१.८२, सामाजिकतर्फ ४७.३५, आर्थिकतर्फ ८.६२, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १८.१४ र बन तथा बातावरण समेत सु–शासन तथा अन्तर सम्वन्धित क्षेत्रमा ४.०७ प्रतिसत बजेट समेटेको छ ।
देवचुली नगरपालिकाले चालुतर्फ ५५ करोड ५८ लाख ९१ ह्जार ५ सय २ रुपैंया र पूँजीगततर्फ ३२ करोड ९५ लाख ६८ हजार ४१ रुपैंया विनियोजन गरेको छ ।
जसअन्तर्गत नगरपालिकाको संघीय श–सर्तको ३४ करोड ५६ लाख, वित्तीय समानिकरण १३ करोड ६७ लाख बिशेष अनुदान २ करोड २५ लाख र राजश्व वाँडफाँटबाट १२ करोड ९१ लख २५ हजार ६ सय ९३ वरावरको आयतर्फको वजेट नगरसभामा पेश भएको हो ।
उपप्रमुख तिवारीले गण्डकी प्रदेश सरकारको बित्तीय समानिकरण १ करोड ७९ लाख ३२ हजार, राजश्व वाँडफाँट १ करोड ५८ लाख ९९ हजार बिशेष अनुदान ४ लाख र समपुरक अनुदान ६० लाख बजेट प्रक्षेपण गरिएको उल्लेख गरेकी छन् ।
झण्डै ९० करोडको बजेट प्रस्तुत गरेकी उपप्रमुख तिवारीले नगरपालिकाको आन्तरिक आय ७ करोड ७० लाखको लक्ष्य प्रस्तुत गर्दा नगद मौज्दात ९ करोड १६ लाख २ हजार ८ सय ५० गरी कुल ८८ करोड ५४ लाख ५९ हजार ५ सय ४३ रुपैंया बराबरको वजेट बक्तब्य पेश गरिन् ।
नगरपालिकाले १७ वडालाई ८ करोडको सिलिङको परिधिमा रहेर जनसंख्या, भूगोल, आवश्यकताका आधारमा बजेट छुट्याएको छ ।
बजेटमाथीको छलफलमा वडा नं. ३ का वडा सदस्य चित्रबहादुर थापाले वडा कार्यालय भवन निर्माणमा बजेट विनियोजन गर्न सुझाएका थिए । नगर उपप्रमुख तिवारीले नगरपालिका वडा समायोजनमा लागिसकेकाले आवश्यकता अनुसार निर्णय गर्न सकिने स्पष्ट पारिन् ।
उपप्रमुख पार्वता तिवारीद्धारा प्रस्तुत वजेट नगर सभाले अनुमोदन गरेका छ । उपप्रमुख तिवारीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमहरुको प्रगति प्रतिवेदन समेत बाचन गरेकी थिइन् ।
त्यसअघि नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रममाथीको छलफलमा नगर सभा सदस्यहरु चित्र बहादुर थापा, डम्बर बहादुर सिंजाली, विष्णु खड्का र धर्मा न्यौपानेले सुझाव, धारणा, टिप्पणी राखेका थिए ।
नगरप्रमुख न्यौपानेले नगर सदस्यको जवाफपश्चात् नीति कार्यक्रम पारित भएको छ ।
भिडियो समाचार लिङ्क https://www.facebook.com/share/v/1975mRcztE/