असार १३, गैंडाकोट । गोमन सर्पले डसेर नवलपुरको गैंडाकोटकी एक वालिका गम्भीर अवस्थामा छन् । गैंडाकोट १ प्रगतिटोल बस्ने गंगा गुरुङका १२ वर्षीया छोरी समिक्षा गुरुङको स्वास्थ्य स्थिति गम्भीर छ । हाल भरतपुरस्थित सरकारी अस्पतालमा समिक्षाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विस्तारामा सुतिरहेको अवस्थामा राती साढे ८ वजेतिर छोरीलाई सर्पले टोकेको समिक्षाका बुवा गंगा गुरुङले बताएका छन् ।
राती नै अस्पताल पुर्याए पनि अवस्था उस्तै रहेको बताएका वुवा गंगाले छोरीलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको टेलिफोनमा बताएका छन् ।
बुधबार मात्रै नवलपुरमै मध्यविन्दुकी एक ४६ वर्षीया महिलाको रातीकै समयमा घर बाहिर आँगन नजिकैको जुठेल्नामा भाँडा माझ्ने क्रममा सर्पदंशका कारण मृत्यु भएको थियो ।
बर्षात र गर्मीको यो मौषममा नवलपुर क्षेत्रमा पनि सर्पको विगविगी बढ्ने गर्दछ । करेत, गोमन जस्ता विसालु सर्पले टोक्दा धरैले ज्यान जाने गरेको छ । यस्ता घटनाबाट जोगिन जतिवेला पनि होसियार हुन र सावधानी अपनाउनु उत्तम हुन्छ । सुत्ने विस्तारा राम्ररी हेरेर, मिलाएर, झुल लगाएर सुत्ने बानी बसाल्ने गर्दा मात्रै पनि घटनाबाट जोगिन सकिन्छ ।