खगेन्द्र पराजुली ।
अ।सार १४, देवचुली । देवचुलीका चार छोरीले चार जिपिए ल्याएका छन् । २०८१ को एसइइ परीक्षामा सम्मिलित १ हजार ३७ विद्यार्थीमध्ये उच्च जिपिए ४ ल्याउने चारै जना छात्रा–किशोरी हुन् ।
देवचुलीको एक सामुदायिक तर्फबाट १ जना र दुई संस्थागततर्फका ३ जना छात्राले ४ जिपिए प्राप्त गरेका छन् ।
सामुदायिकतर्फ देवचुली १४ मा रहेको जनज्योति नमूना माविकी छात्रा अञ्जु श्रेष्ठले ४ जिपिए ल्याउँदा संस्थागततर्फ देवचुली १३ को मूनलाइट बोर्डिङ स्कूलका छात्रा रोशा नेपाली तथा देवचुली १५ को बिश्वज्योति बोर्डिङ स्कूलका छात्रा लक्ष्मी श्रेष्ठ र सुमिना केसीले ४ जिपिए ल्याएका हुन् ।
शिक्षा शाखाले तत्काल एसइइमा सामेल छात्र र छात्राको ठ्याक्कै विवरण उपलब्ध गराउन नसकेपनि बराबरी हाराहारी छात्र–छात्रा एसइइमा सामेल भएको हुनसक्ने शिक्षा शाखा देवचुलीका अधिकृत नन्दलाल ढकालले हुनसक्ने अनुमानित विवरण बताएका हुन् ।
आइतबार कार्यालय खुलेपश्चात थप आवश्यक विवरणको बारेमा प्रष्ट्याउन सकिने पनि जनाईएको छ ।