एसइइमा देवचुलीको गर्विलो नतिजाः ह्वात्तै वढ्यो २५ प्रतिसत रिजल्ट

0 Shares

खगेन्द्र पराजुली ।
असार १४, देवचुली । एसईई नतिजाका आधारमा देवचुलीले अगिल्लो वर्षको तुलनामा २५ प्रतिसत नतिजा बृद्धि गरेको छ । २०८० को एसइइमा ५५ दशमलब ५८ प्रतिसत नतिजा थियो । शुक्रबार सार्वजनिक परीक्षाफल अनुसार ८० दशमलब ३३ प्रतिसत विद्यार्थी सफल भएका शिक्षा शाखा देवचुलीले विवरण सार्वजनिक गरेको छ ।
देवचुली नगरपालिका शिक्षा शाखाले शैक्षिक प्रगति सुधारमा देवचुली नगरपालिकाको यो उपलब्धि र प्रगतिलाई गर्विलो सुधारका रुपमा लिएको छ ।
अघिल्ला वर्षहरुमा थालिएका सुधारका प्रयासहरुका संकेत देवचुलीमा देखिन थालेको नगरपालिकाले संकेत गरेको छ ।
देवचुलीका १० सामुदायिक र ६ संस्थागत गरी १६ विद्यालयका १ हजार ३७ विद्यार्थीले एसइइ दिएका थिए । १ हजार ३७ मध्ये ८३३ जना सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप