खगेन्द्र पराजुली ।
असार १४, देवचुली । कालिका माविले देवचुलीका सामुदायिकतर्फ नगरपालिका प्रथम भएको दावी गरेको छ । शुक्रबार सार्वजनिक एसइइ २०८१ को परीक्षाफल नतिजा अनुसार कालिकाले ९०.६२ प्रतिसत नतिजा प्राप्त गरेको छ । परीक्षामा सहभागी कुल ३२ मध्ये २९ जना विद्यार्थीको उतीर्ण नतिजा आएको विद्यालयले जनाएको छ ।
देवचुली ९ बिशालटारको कालिका माविका प्रधानाध्यापक नवराज घिमिरेका अनुसार जिपिएका आधारमा ५ जनाले ३.६ देखी माथीको जिपिए ल्याएका छन् भने १२ जनाले ३.२ र ३.६ बीचको जिपिए प्राप्त गरेका छन् । कालिका माविका ९ जनाले २.८ र ३.२ बीचको जिपिए हासिल गर्दा ३ जना विद्यार्थीले २.४ र २.८ बीचको जिपिए ल्याएका हुन् ।
अवर्गिकृत अर्थात एनजीमा परेका ३ मध्ये १ विद्यार्थीलाई अर्थशास्त्र र २ जना विद्यार्थीलाई बिज्ञान विषय लागेको पनि प्रधानाध्यापक घिमिरेले जानकारी गराएका छन् ।