देवचुलीमा ३ विद्यालयका ४ विद्यार्थीको ४ जिपिए

0 Shares

खगेन्द्र पराजुली ।
असार १४, देवचुली देवचुलीका ३ विद्यालयका ४ जनाले एसइइ परीक्षामा ४ जिपिए ल्याएका छन् । नमूना, मूनलाइट र बिश्वज्योतिका ४ जना परीक्षार्थीले ४ जिपिए ल्याएका हुन् ।
विद्यालय स्रोतका अनुसार देवचुली १४ को जनज्योति नमूना माध्यमिक विद्यालयकी छात्रा अञ्जु श्रेष्ठ, देवचुली १३ को मूनलाइट बोर्डिङ स्कूलका छात्रा रोशा नेपाली र देवचुली १५ को बिश्वज्योति बोर्डिङ स्कूलका छात्रा लक्ष्मी श्रेष्ठ र सुमिना केसीले ४ जिपिए ल्याएका छन् ।
२०८१ को एसइइमा देवचुलीबाट १ हजार ३७ विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये ८ सय ३३ परीक्षर्थी परीक्षामा सफल भएका छन् ।
जसमा २०६ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । यस्तै, ३.२ र ३.६ बीचको जिपिए ल्याउने विद्यार्थी २५१ जना छन् । यस्तै, २३९ जनाले २.८ र ३.२ बीचको जिपिए प्राप्त गर्दा १३१ जनाले २.४ देखि २.८ जिपिए हासिल गरेका छन् भने २ देखि २.४ बीचको जिपिए ल्याउने विद्यार्थी ६ जना रहेका शिक्षा शाखा देवचुलीले विवरण सार्वजनिक गरेको हो ।
समग्रमा देवचुली नगरपालिको एसइइ परीक्षा उपलब्धि नतिजा ८० दशमल ३३ प्रतिसत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप