खगेन्द्र पराजुली, नवलपुर ।
राष्ट्रिय वाणिज्य बैकले आफ्ना ग्राहकमध्येबाट देवचुलीका उत्कृष्ट ब्यवसायी कृषकलाई सम्मान गरेको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय टाँगीकोट रजहरले बैकको ६१ औ वार्षिकोत्सवको उपलक्ष्यमा शाखा अन्तर्गतका उत्कृष्ट ग्राहकहरुलाई सम्मान एवं पुरस्कृत गरेको हो ।
शाखा कार्यालयको कारोवारमा निक्षेप कर्जा र डिजिटल वैकिङको विधामा उत्कृष्ट ग्राहकलाई शाखाले सम्मान–पुरस्कृत गरेको हो । माघ १० गते शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशमै ब्यवसायिक कृषितर्फ उत्कृष्ट कृषकलाई पनि सम्मान गरेको छ । काफ्ले गाई फर्मका सञ्चालक तथा कृषक हरिप्रसाद काफ्लेलाई बैकले सम्मान गरेको हो ।
निक्षेपतर्फ विमलादेवी देवकोटा, भिमसेन पुलामी र दलसिंह पुलामी सम्मानित भए ।
शाखाले कर्जातर्फ सापकोटा भेट फर्माका सञ्चालक यम प्रसाद सापकोटा, देवचुली अल्मुनियम फुड कन्टेनर उद्योगका किरण घिमिरेलाई सम्मान गरेको छ भने डिजिटल वैकिङतर्फ सुभाष गहतराज सम्मानित भएका छन् ।
देवचुली १६ रजहरको टाँगीकोटमा रहेको राष्ट्रिय वाणिज्य बैकको शाखा नं. ३१३ का शाखा प्रमुख ईश्वर खडकाको अध्यक्षतामा भएको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा बैक शाखा कार्यालयमा कार्यरत कर्मचारी एवम प्रतिनिधिमूलक ग्राहकहरुको उपस्थिति रहेको थियो ।