देवचुली जेसीजः २५ ले गर्यो २६ लाई पद हस्तान्तरण

0 Shares

खगेन्द्र पराजुली, नवलपुर ।
नवनिर्वाचित देवचुली जेसीज २०२६ पद हस्तान्तरण तथा पुरस्कार सम्मान समारोह भएको छ । शनिबार देवचुली जेसिज वर्ष २०२५ ले वर्ष २०२६ लाई पद हस्तान्तरण गरेको हो ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा दुइसत्रमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता वर्ष २०२५ का अध्यक्ष ढुण्डीराज केसी र दोस्रो सत्रको अध्यक्षता नवनिर्वाचित अध्यक्ष जीवन भुसालले गरेका थिए भने कार्यक्रम संयोजक एवं नवनिर्वाचित कार्यकारीणी उपाध्यक्ष चित्र बहादुर थापा भरतले समारोह समापन गरेका थिए ।
वर्ष २०२५ का अध्यक्ष डिआर केसीले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष जीवन भुसाललाई जेसिज चेन गलामा लगाइदिएर पद हस्तान्तरण गरेका हुन् । सोही अवसरमा वर्ष २०२६ देवचुली जेसिज टीमलाई सपथ गराईएको थियो ।
११ औं अधिवेशनले २०२५ का महासचिव जीवन भुसाललाई अध्यक्षमा चियन गरेको हो । जीवन नेतृत्व टीमको कार्यकारिणी उपाध्यक्षमा नरेन्द्र भण्डारी र चित्रबहादुर थापा भरत चुनिएका छन् । अध्यक्ष भुसालले कानुनी सल्लाहकारमा केशव भण्डारी , महासचिवमा पुष्प राज लामिछाने, कोषाध्यक्षमा सुरज बस्याल , उपाध्यक्षमा प्रकास श्रेष्ठ , कृष वाग्ले , राज न्यौपाने , डोल राज महतो , सचिवमा दिपक पोख्रेल , सह कोषाध्यक्षमा विजय नेपालीको टीम प्रस्तुत गरेका छन् ।
देवचुली पार्टी प्यालेसमा भएको कार्यक्रममा आमन्त्रित वडाअध्यक्ष, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विभिन्न पेशा क्षेत्रका ब्यवसायी कर्मचारी तथा जेसिज शाखा समूहका युवाहरुको उपस्थिति रहेको थियो ।
समारोहमा वर्ष २५ का अध्यक्ष ढुण्डीराज केसीले आफ्नो पदावधिमा भएका उपलब्धि–प्रगति र कठिनाई चुनौती सहितको प्रस्तुति राखेका थिए भने २०२६ का नवनिर्वाचित अध्यक्ष जीवन भुसालले पदग्रहण स्वीकारोक्ति सहित प्रतिवद्धता भनाई राखेका थिए ।
जेसिजको आफ्नै कार्यक्रम तालिका सहितको अनुभव र आमन्त्रित पाहुनालाई गरिने अतिथि सत्कार ग्रहण गरेका नगर प्रमुख न्यौपानेले युवाका परिणाममुखी कार्ययोजनामा नगरपालिकाबाट हुने सहयोग र नतिजाको अपेक्षा सहित शुभकामना भनाई राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप