खगेन्द्र पराजुली, नवलपुर ।
देवचुलीको प्रगतिनगरमा नयाँ सुनचाँदी ब्यवसाय सुभारम्भ भएको छ । देवचुली १५ प्रगतिनगरमा टोनीको श्रीकृष्ण सुनचाँदी पसल खुलेको हो ।
देवचुली ८ का लोक बहादुर सुनार र सम्झना सुनारले प्रगतिनगरको हाटबजार लाइनमा पसल सञ्चालनमा ल्याएका छन् ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा लगायत स्थानीय वडाअध्यक्षहरु, आमन्त्रित शुभेच्छुक शुभचिन्तकहरुको उपस्थितिमा ब्यवसायिक पसलको उद्घाटन भएको हो ।
वडा नंं १५ का अध्यक्ष शुरेशकुमार रानाभाट, वडा नं. १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको समेत उपस्थिति रहेको उद्घाटन कार्यक्रममा वडा नं. ८ का अध्यक्ष नूनप्रसाद बाचे मगरले रिवन काटेर पसलको उद्घाटन गरेका छन् ।
वडाअध्यक्षले रिवन काटेर र स्थानीय सामाजिक, श्ैक्षिक ब्यक्तित्व रामकृष्ण श्रेष्ठले सुभेच्छुक ग्राहक उपभोक्ताको प्रतिनिधित्व गर्दै बत्ती बालेर नयाँ ब्यवसाय सफलताको शुभकामना दिए ।
ग्राहकको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय र विश्वसनीय ब्यवसायिक सेवा प्रवाह गर्ने उदेश्यका साथ नयाँ ब्यवसाय सुरुवात गरिएको सञ्चालक दम्पती सम्झना र लोक बहादुर सुनारले जानकारी दिए ।