स्कूल बसले किच्दा ४ वर्षकी सुस्मिता अस्ताइन्

0 Shares

खगेन्द्र पराजुली, नवलपुर ।
देवचुलीको नेपाल माबि केउरानीमा बिद्यालय भित्र स्कुल बसले किचेर बालिकाको मृत्युु भएको छ । स्कुल बसबाट झर्दा खसेको झोला टिप्न लागेकी ४ वर्षकी बालिकालाई गाडी ब्याक गर्दा दुर्घटना भएको हो ।
लु १ क ३८१४ नं. को स्कूल बसले किचेर बाराको कलैया स्थायी ठेगाना भई हाल देवचुली वडा नं. १४ सातघरेमा बस्दै नेपाल माविमा नर्सरीमा पढ्ने ४ वर्षीया बालिका सुस्मा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । माघ १२ गते सोमबार विहान साढे ९ बजे भएको दुर्घटना भएको हो ।
बालिकाको शव अहिले देवचुली नगर अस्पतालमा राखिएको छ । विद्यालय हाताभित्र भएको अकल्पनीय दुर्घटनामा ज्यान गुमाएकी बालिकाका अभिभावक सहितको परिवार पक्ष, प्रहरी–प्रशासन, जनप्रतिनिधि, विद्यालय प्रशासन एवं ब्यवस्थापन पक्षबीचको सहजीकरण छलफलका प्रयास भएका छन् । दुखत दुर्घटनाले परेको क्षति र पीडालाई केन्द्रमा राखेर सहजीकरणको प्रयास र अनुसन्धानका प्रक्रिया सँगसँगै अगाडि बढाईएको इलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं प्रहरी निरीक्षक लाल बहादुर शाहीले जानकारी दिएका छन् ।
विद्यालयमा भएको अकल्पनीय घटनामा ज्यान गुमाएकी सुस्मिता पासवानप्रति विद्यालयले दुख प्रकट गर्दै सोमबार विद्यालय बन्द गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप