सकलाका दलित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

0 Shares

देवचुली। सकला माविका ४२ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नं. ५ को ५० हजार बजेटवाट नेपाल द‌लित उत्थान एकता समाज देवचुली-५ मार्फत लक्षित विद्यार्थीलाई आइतवार झोला र कापी वितरण गरिएको हो ।

वडा नं. ५ का अध्यक्ष कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा नेपाल दलित उत्थान एकता समाजका अध्यक्ष भिम वहादुर वि.क.को अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रममा वक्ताले  वाल-वालिका सहित उपस्थित भएका अभिभावकलाई वालवच्चाको पढाईमा गरेको लगानी कहिल्यै खेर नजाने भएकाले उनीहरुलाई हौसला र प्रेरणा प्रदान गर्न आग्रह गरे ।

सामग्री हस्तान्तरण पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेल र प्रधानाध्यापक लक्ष्मी शिवाकोटीले धन्यवाद दिएका थिए भने वडाअध्यक्ष कृष्ण प्रसाद सापकोटा,  नेपाल दलित एकता समाजका अध्यक्ष भिम बहादुर विक र दलित जागरण अभियान नेपालका राष्ट्रिय उपाध्यक्ष दीपक वि.क.ले लक्षित वर्गको उत्थानका निम्ति आवश्यकता अनुसारको  सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप