कैलाश मन्दिरमा १०८ शिवलिंग प्राणप्रतिष्ठा गरिने

0 Shares

देवचुली । देवचुली- १४, कैलाश चौकको कैलाश मन्दिरमा १०८ शिवलिंग प्राणप्रतिष्ठा गरिने भएको छ । फागुन १ देखि ३ गते  धार्मिक वैदिक कार्यक्रम र विधि अनुसार यहाँ स्थापित शिवलिङ्ग प्राण प्रतिष्ठा गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

२०४९ सालमा जन ज्योति अमूना मावि को दक्षिण-पूर्वी क्षेत्रमा स्थापना भएको आराध्यदेव शिवको मन्दिरमा प्रत्येक सोमवार धार्मिक अनुष्ठान र मन्दिर दर्शन गर्न श्रद्धालु भक्तजनहरू आउने गर्दछन् । शिवको मन्दिरमा पूजा-अर्चनाका लागि आउँदा १०८ शिवलिङ्ग दर्शनसँगै जल-वेलपत्र अर्पण गर्ने विधि पूरा गर्न नपाउँदा आफ्ना अनुष्ठान पूर्ण नभएको भक्तजनले महसुस गरेपछि शिवलिङ्ग स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण गिरीले बताए ।

फागुन १ गते अग्नि स्थापना, २ गते कलश शोभा यात्रा र ३ गते लक्ष्यक्ती-दीप प्रज्वलनका साथसाथै स्थापित १०८ शिवलिङ्ग वैदिक-शास्त्रीय विधिपूर्वक प्राणप्रतिष्ठा गरिने सचिव विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् ।

जन ज्योति नमूना अविको नाममा रहेपनि मन्दिर व्यवस्थापन समिति मार्फत समुदायले १ कठ्ठा क्षेत्रफल भोगाधिकार गरिरहेको छ । देवचुलीकै केन्द्रविन्दु बडा नं. ११, १३ र १४ को संगमस्थल, वाक्लो वस्तीमा अवस्थित कैलाशचोकमा रहेको कैलाश मन्दिरमा प्रत्येक सोमवारका साथै शिवरात्री र साउने सोमवारमा श्रद्ध‌ालुहरुको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप