गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने स्थान निर्धारण

0 Shares

नवलपुर । फागुन ११ देखी १३ गतेसम्म नवलपुरमा हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने स्थान निर्धारण भएको छ। प्रदेशका ११ जिल्लावाट प्रतियोगितामा भाग लिन आउने फरक-फरक विधाका खेलाडीहरूले फरक-फरक स्थानमा खेल्नेछन्।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अनुसार देवचुली कावासोती, मध्यविन्दु र गैंडाकोटमा खेल खेलाइने क्षेत्रहरू निर्धारण गरिएको छ।

कपड्डी र भलिवलका प्रतिस्पर्धा देवचुलीमा, एथलेटिक्स र उसु कावासोतीमा सितेरियो कराँते मध्यविन्दुमा र तेक्वान्दो गैंडाकोटमा हुने खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतवहादुर पुनले वताए ।

प्रतियोगिता आयोजनाको जिम्मा पाएको खेलकुद विकास समिति नवलपुरले स्थान निर्धारण गरे लगतै सम्बन्धित नगर युवा तथा खेलकुद विकास समितिबाट खेल स्थल मर्मत, संभार, व्यवस्थापन सहितको तयारीमा समन्वयात्मक सहयोग भइरहेको अध्यक्ष पुनले जनाएका छन् ।

भिडियो समाचारका लागि तलको लिंकमा जानुहोस् ।

https://fb.watch/qjOTab95rY/?mibextid=Nif5oz

प्रतिक्रिया
सम्बन्धित समाचार थप