किर्तिपुरको भलिबल प्रतियोगितामा डेडगाउँ भयो पहिलो

0 Shares

देवचुली । किर्तिपुरमा भएको भलिवल प्रतियोगितामा वौदीकाली-२ को डेढ‌गाउँ ले प्रथम स्थान हासिल गरेको छ। देवचुली-६ किर्तिपुरमा देवचुली युवा क्लवले चैत्र १४ गतेदेखि सञ्चालन गरेको प्रतियोगितामा बौदीकालीकै वडा नं. ६ को समूहलाई हराउँदै डेढगाउँ प्रथम भयो ।

तीन सेटमा खेलाइएको अन्तिम खेलको शुरुमा वौदीकाली ६ ले २५-१६ स्कोरमा पहिलो सेट जित निकाले पनि देढगाउँले लगातार २५-१९ र २५-२० को सेटमा जित निकाल्दै वौदीकाली-६ लाई हराउँदै बाजी मार्यो ।

यस्तै यसअघि भएको बुलिङटार – ४ (अर्खला) र कावासोती-१५ बरौली वीचको प्रतिस्पर्धामा अर्खलाले वरौलीलाई २-१ को सेट अन्तरले हराउँदै तेस्रो स्थान सुरक्षित गर्यो ।

प्रतिस्पर्धामा प्रथम भए‌को बौदीकाली-२ डेड‌गाउँले ६० हजार, द्वितीय भएको बौदीकालीकै वडा नं. ६ ले ३० हजार, तृतीय भएको बुलिङटार – ४ अर्खलाले १५ हजार नगद पुरस्कार राशी प्राप्त गर्दा कावासोती १५ को वरौलीले सान्त्वना स्वरूप ३ हजार रूपैया पाए‌को छ।

फागु अर्थात होली पूर्णिमाको अवसर पारेर पर्वको उत्तरार्धमा सञ्चालित प्रतियोगितामा १३ वटा समूहले भाग लिएका थिए। नवलपुरको गैंडाकोट, देवचुली, कावासोती, हुप्सेकोट, वौदीकाली, बुलिङ‌टार र तन‌हुँको भिमादका वडास्तरीय भलिवल खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

बुधबारै सम्पन्न पुरस्कार वितरण एवं भलिबल प्रतियोगिता समापन समारोह‌मा वडा नं.६ का वडाअध्यक्ष मिन बहादुर सोती लगायत आयोजक देवचुली युवा क्लवका अध्यक्ष रन वहादुर बराल एवम् मञ्चासिन अतिथिहरुले टीका, खाँदा र पुरस्कार वापतको नगद राशी प्रदान गरे ।

एक सातासम्म निरन्तर चलेको प्रतियोगितात्मक खेल सम्पन्न गर्न देवचुली नगरपालिका वडा नं. ६ ले १ लाख रुपैया वजेट उपलब्ध गराएको जनाइएको छ।

आयोजक देवचुली युवा क्लवले खेल व्यवस्थापनका लागि अयुग बजेट स्रोत खेलप्रेमी स्थानीय महानुभाव तथा विदेशमा बसेका स्थानीय युवाहरूवाट सहयोग प्राप्त भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप