मध्यविन्दुलाई खेलकुदको उत्कृष्ट स्थानीय तहको सम्मान

0 Shares

मध्यविन्दु ।

नवलपुरको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले खेलकुद विधातर्फको उत्कृष्ट स्थानीय तहको सम्मान ग्रहण गरेका छन् ।

बिहिवार राष्ट्रि‌य खेलकुद परिषद्‌को ६० औं वार्षिकोत्सव समारोह‌मा काठमाण्डौंको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा नगर प्रमुख अधिकारीले उत्त सम्मान ग्रहण गरेका हुन् ।

७५३ वटै स्थानीय तहमध्ये मध्यविन्दु नगरपालिकाले खेलकुद प्रतियोगिता आयोजना तथा खेलकुद पुर्वाधार लगानीमा गत वर्ष विशेष सक्रियता देखाए‌को र नगरका हरेक वडामा खेलबुद पुर्वाधार विकासका लागि लगानी गरेका आधार मुल्यांकनमा मध्यविन्दु नगरपालिका उत्कृष्ट छनोट भएको जनाइएको छ ।

सो अवसरमा विभिन्न ६ विद्यामा १८ जना खेलसँग सम्बन्धित खेलाडी, पत्रकार, कर्मचारी सम्मानित-पुरस्कृत भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप