गैडाको आक्रमणबाट ९० बर्षकी वृद्धाको मृत्यु

0 Shares

नवलपुर । नवलपुरको कावासोतीमा गैडाको आक्रमणबाट ९० बर्षकी एक वृद्धाको मृत्यु भएको छ । कावासोती नगरपालिका १० रतवलकी जगरीमाया महतोलाई गैडाले आक्रमण गर्दा मृत्यु भएको हो ।

कृष्णसार  मध्यवती सामुदायिक वनमा भेँडा चराउने क्रममा गैँडाको आक्रमणबाट  घाईते भएकी महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले वाजकारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप