देवचुली जेसिजले बाड्यो मिलीजुलीमा शैक्षिक सामग्री

0 Shares

देवचुली । देवचुली जेसिजले विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण गरेको छ । जेसिजले देवचुली नगरपालिका वडा नं. ८ आँपटारी स्थित मिलिजुली आधारभूत विद्यालयका २० जना विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण गरेको हो ।

सोमवार बिद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच गरिव तथा जेहेन्दार विद्यार्थीलाई सामग्री प्रदान गरिएको सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक राजेन्द्र भुसालले जानकारी दिए ।

विद्यार्थीलाई झोला, कापी, कलम, कलर पेनसिल, ज्यामिति बक्स र ड्रईङ किट लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । देवचुली ९ निवासी हाल अमेरिका बस्ने राम शर्मा बस्यालले उक्त सहयोगका लागि रकम उपलब्ध गराएका थिए ।

दाताका स्वर्गीय हजुरआमा विष्णुमाया बस्यालको सम्झनामा उनका माता पिता विनु बस्याल र सीतादेबी बस्यालले संयुक्त रुपमा सामग्री वितरण गरेका हुन् ।

उपस्थित विद्यार्थी र अभिभावकले सामग्री ग्रहण गरे । देवचुली जेसीजका कार्यकारी उपाध्यक्ष सिद्धार्थ क्षेत्रीको अध्यक्षता तथा महासचिव जीवन भुसालको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सारुले विद्यार्थीलाई प्रोतसाहित गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने विश्वास राखे ।

विद्यालयले गरेको छनोट र सिफारीसका आधारमा शैक्षिक सामग्री वितरण गरिएको देवचुली जेसिजका महासचिव भुसालले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप