विद्यार्थी भर्ना अभियान सफल पार्न अभिभावक संघ देवचुलीको अपिल, बन्यो संस्थाको ३ वर्षे कार्ययोजना बनाउने कार्यदल

0 Shares

नवलपुर । नेपाल राष्ट्रिय अभिभावक संघ देवचुली नगरकार्यसमितिले ३ वर्षे कार्ययोजना निर्माण गर्ने भएको छ । संघको जनज्योति नमूना माबि परिसर प्रगतिनगरमा सोमबार सम्पन्न भएको पहिलो बैठकले कार्ययोजना बनाउन संघका अध्यक्ष कृष्ण कंडेलको संयोजकत्वमा ५ सदस्यीय कार्ययोजना निर्माण समिति गठन गरेको हो । समितिको सदस्यमा उपाध्यक्ष द्वय पुरुश्वत्तम न्यौपाने र रुपा न्यौपाने, सचिव पारसमणी गौतम तथा सदस्य भावना काफ्ले रहेका छ्न । समितिलाई बिज्ञ तथा स्रोत व्यक्तिको रुपमा संघका केन्द्रिय सदस्य नरदेव न्यौपाने समेतको कार्यशाला आयोजना गरि ३ वर्षे कार्ययोजना प्रस्ताव तयार गर्ने जिम्मेवारी तोकिएको छ ।
बैठकले अनिवार्य तथा निशुल्क शिक्षा प्राप्त गर्ने नागरिक अधिकार सुनिश्चित गर्नको लागि नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला पक्षलाई अपिल गरेको छ । अभियानलाई नतिजामुलक बनाउन आ-आफ्नाे ठाँउबाट सक्रियता बढाउन आग्रह गरिएको अध्यक्ष कृष्ण कंडेलले जानकारी दिए । अभियानको क्रममा देवचुली नगरपालिका प्रमुख तथा नगर शिक्षा समितिका संयोजक हरिप्रसाद न्यौपाने, शिक्षा शाखा प्रमुख तथा सरोकारवाला संग अन्तरक्रिया गरिने अध्यक्ष कंडेलको भनाइ छ ।
बैठकले संघको बैंक खाता राष्ट्रिय वाणिज्य बैंक रजहर शाखामा खोल्ने निर्णय गरेको छ । बैठकले संघको प्रथम नगर अधिवेशन सम्पन्न गरि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सहयोग गर्ने निर्वाचन समिती तथा माथिल्लो तहका नेतृत्व लगायत सम्पूर्णमा धन्यवाद प्रस्ताव पारित गरेको उपाध्यक्ष रुपा न्यौपानेले जानकारी दिईन ।
बैठकमा नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष श्याम शर्मा भुसाल, केन्द्रीय सदस्यद्वय नरदेब न्यौपाने र पतिराम थानेत, गण्डकी प्रदेश उपाध्यक्ष प्रेम न्यौपाने, नवलपुर जिल्ला अध्यक्ष युवराज वाग्ले, सचिव दुर्गा भुसाल र जिल्ला सदस्य देबि सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । बैठकमा देवचुली नगरकार्यसमिति पदाधिकारी तथा सदस्यले अपेक्षा सहित आफ्नो धारणा राखेका थिए ।
बैठक नेपाल राष्ट्रिय अभिभावक संघ देवचुलीका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षता र सचीव पारसमणि गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप