देवचुली । पशुपति सस्कृत आवासीय विद्यालय देवचुली नगरपालिकाकै एक गहना भएको बताएका छन् । विद्यालयको २६ औं वार्षिक उत्सव समारोहमा बोलेका वक्ताहरुले नगरपालिकामै एकमात्र संस्कृत माध्यमिक विद्यालयका रुपमा सञ्चालित विद्यालयले हिन्दु धर्मको संरक्षणका साथसाथै नैतिकवान्, अनुशासित, मर्यादित र शिष्ट जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका हुन् । उनीहरुले संख्यात्मक रुपमा संस्कृतका विद्यार्थी कम जस्तो देखिए पनि यस विद्यालयले उत्पादन गरेको गुणात्मक पक्षको मुल्यांकन हुनुपर्ने धारणा समेत राखे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भटराईको अध्यक्षता तथा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख यातिथ्यतामा भएको वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक बाबुराम गौतमले विद्यालयको शैक्षिक स्थिति, भौतिक अवस्था र वित्तीय अवस्था सहितको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि शर्मा लगायत कार्यक्रममा बोलेका नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा नं. १३ का अध्यक्ष एकदेव पौडेल र वडा नं. १५ का अध्यष शुरेशकुमार रानाभाटले गहनाका रुपमा रहेको धर्म र संस्कृतिसँग जोडिएको यस शैक्षिक संस्थालाई दिगो रुपमा संवर्द्धनमा नगरपालिकाको चासो रहिरहेको र त्यो चासो नघट्ने प्रतिवद्धता ब्यक्त गरे ।
कक्षा ६ देखि १२ सम्म पढाई हुने देवचुली १५ मा अवस्थित आवास सहितको संस्कृत विद्यालयमा भर्खर सकिएको शैक्षिक सत्रमा ६४ जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक गौतमले बताए । ७ जना शिक्षक २१ जना सहयोगी कार्यरत विद्यालयमा उनले शिक्षक दरबन्दीको अभाव, भोजन ब्यवस्थापनमा समस्या, भौतिक संरचनाको कमी लगायतका समस्या देखाए ।
Activate
Activate