देवचुली । बन्यजन्तु सप्ताहका अवसरमा आयोजित एक कार्यक्रममा बोलेका बक्ताहरुले संरक्षणका निम्ति सरकार, सरोकार निकाय र नागरिकको चासो र चेतना महत्वपूर्ण हुने धारणा ब्यक्त गरेका छन् । उनीहरुले यि तिनमध्ये कुनै एक पक्ष निस्क्रिय हुदाँ अपेक्षित उदेश्य प्राप्ति हुन नसक्ने बताए ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतको शिशवार मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा देवचुली नगरपालिकाको क्षेत्रमा फैलिएका मध्यवर्ती सामुदायिक बन, सिसिएपियु, रजहर मध्यवर्ती साकोष सहितका १० संस्थाको सहआयोजनामा आयोजित बन्यजन्तु संरक्षण सम्वन्धि चेतनामुलक विविध कार्यक्रममा बोलेका बक्ताहरुले यस्तो बताएका हुन् ।
शिशवार मध्यवर्ती उपभोक्ता समिति देवचुलीका अध्यक्ष नेत्रबहादुर पाण्डेको अध्यक्षता तथा देवचुली नगरपालिका वडा नं. २ का अध्यक्ष शरद प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम साँस्कृतिक प्रस्तुति मार्फत पनि सचेतना जगाउने प्रयास भएको ब्यवस्थापक सत्यराज अधिकारीले बताए ।
प्रमुख अतिथि घिमिरेले नेपालको कानून, नीति, कार्यक्रमहरु र नेपालको भूगोल उत्कृष्ट भएको भएपनि ति नीति नियम, कार्यक्रम कानून कार्यान्वयन चरणमा चिप्लिने गरेको बताए । उनले धेरै सम्भावना हुँदाहुदै पनि हामी नेपालीमा होस नभएकोले त्यो होसलाई सही प्रयोगमा ल्याउनुपर्ने धारणा राखे ।
चितवन राष्टिय निकुञ्जका प्रतिनिधि रेञ्जर बिमला पौडेलले बन्यजन्तु संरक्षणमा पछिल्ला वर्षहरुमा समुदायमा सचेतना जागेकै कारण बन्यजन्तु प्रभावित क्षेत्रमा बैकल्पिक आयआर्जनका संकेतहरु बढ्न थालेको चर्चा गरिन् ।
यसैबीच, गायिका सपना परियारले बन्यजन्तु, प्रकृति संरक्षण सम्वन्धि सुचेतनामूलक सांगितिक प्रस्तुति प्रस्तुत गरेकी थिईन् ।
आयोजक शिशवार मध्यवर्ती उपभोक्ता समितिका सचिव मनोहरी पौडेलले सप्ताहब्यापी कार्यक्रमको औचित्यका बारेमा चर्चा गरे लगत्तै देवचुली माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइराला, शिशवार मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत लेखा सदस्य धनराज रिजाल, रजहर प्राकृतिक चिकित्सालय सञ्चालक समिति अध्यक्ष सन्तबहादुर क्षेत्रीले समुदाय केन्द्रितः सचेतना भनाई राखेका थिए । आयोजक शिशवार मध्यवर्ती ब्यवस्थापन समितिका ब्यवस्थापक सत्यराज अधिकारीको सञ्चालन रहेको कार्यक्रममा सह आयोजक कालिकामध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शुदर्शन लामिछानेले स्वागत गरेका थिए ।
यसवर्ष बन्यजन्तुको संरक्षणः पर्यापर्यटन र आयआर्जनको नारासहित २९ औं बन्यजन्तु सप्ताह २०८१ बैशाख १ गतेदेखि विभिन्न ठाउँमा विभिन्न गतिविधिका साथ मनाईएको छ ।