लक्ष्मी सनराईज बैकले गर्यो शिव माविमा बृक्षरोपण

0 Shares

खगेन्द्र पराजुली, कावासोती ।
लक्ष्मी राइज बैंकले बिश्व वातावरण दिवसको अवसरमा कावासोतीमा बृक्षरोपण गरेको छ । दिवसको पर्सिपल्ट शुक्रवार शिब नमूना माविमा बृक्षरोपण गरेको हो ।
लक्ष्मी राईज बैंक कावासोती र रजहर शाखाका कर्मचारी, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शिव पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष दिपेन्द्र बस्याल, प्रधानाध्यापक अर्जुन प्रसाद पौडेल, शिक्षक प्रतिनिधि र विद्यालय स्तरीय इको क्लवका विद्यार्थीहरुले विरुवा रोपेका हुन् ।
बैकका कावासोती शाखा प्रमुख सञ्जय अधिकारीका अनुसार विद्यालय हाताभित्र विभिन्न प्रजातिका फूल वर्गका विरुवा लगाईएको हो । लक्ष्मी राइज बैकले गर्ने वार्षिक तथा नियमित कार्यक्रम अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको हो । शाखा प्रमुख अधिकारीले बताए अनुसार विद्यालयमा २० थरिका २ सय विरुवा रापिएको छ ।
नर्सरीमा तयार पारिएका विरुवा र रोप्ने वेला विरुवालाई आवश्यक पर्ने मलखाद समेत वैंकले उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले वताए ।
विद्यालयको हाताभित्रको क्षेत्र मर्मत, सुधार तथा केही नयाँ पुर्वाधारका क्रममा भवन अगाडीका फूलबारी नष्ट भएपछि यहाँ बातावरणका लागि पनि बृक्षरोपण अति आवश्यक भएकाले विद्यालयको प्रस्तावलाई बैंकले कार्यान्वयन गरेको पौडेल बताउँछन् ।
विज्ञान विषयको अध्ययन र प्रयोगात्मक कक्षाका लागि पनि जरुरत परेको एउटा उपयुक्त वनस्पति पार्कको परिकल्पनामा गरिएको वृक्षरोपण विद्यार्थीका लागि पनि उपलब्धिमुलक हुने विज्ञान शिक्षक छविलाल अर्यालले बिश्वास लिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप