एक सातादेखिको पहिरो हटाउने पहल भएन, जनजीवन प्रभावित

0 Shares

खगेन्द्र पराजुली, असार २७ ।
नवलपुर ।
पहिरो हटाउने पहल नहुँदा नवलपुरका पहाडी क्षेत्रका नागरिकहरुको दैनिकी प्रभावित बनेको छ । एक हप्ता देखि अवरुद्ध कावासोती र दलदलेबाट उत्तरतर्फ जाने ग्रामीण सडकमा खसेको पहिरो नहटाउँदा सास्ती भएको नवलपुर लेकवेशी यातायात प्रालिका कार्यालय प्रमुख मोतिलाल तिवारी बताउँछन् ।
हुप्सेकोट ५ पाङ्ग्रेमा खसेको ठूलो पहिरोले यो खण्ड अअरुद्ध हुँदा कावासोती र दलदलेबाट वुलिङटार, बौदीकाली र पाल्पाको रामपुर आउ जाउ गर्ने मोटर चल्न सकेका छैनन् । जसका कारण विरामीलाई अस्पतालसम्म पुर्याउन र पहाडमा खाद्यान्न पुर्याउन समेत नसकिएको उनले बताए ।
यातायात ब्यवसायी संस्था, उपभोक्ता समिति, जिल्ला प्रशासन कार्यालय समेतले सम्पर्क गर्न खोज्दा पनि निर्माण कम्पनीका प्रमुख जिम्मेवार ब्यक्तिलाई सम्पर्कमा ल्याउन नसकेको उनले गुनासो गरे ।
यो खण्डको हुप्सेकोट र बुलिङटारका ५–६ स्थानमा पहिरो खसे पनि सवैभन्दा जटिल खालको पहिरो हुप्सेकोट क्षेत्रमा पर्ने पाङ्ग्रेमा खसेको नवलपुर लेकबेशी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले बताए ।
यस अघिका ससाना पहिरो र अवरोधहरु यातायात ब्यवसायी र स्थानीयहरुकै पहलमा हटाएर पनि यातायात सुचारु गर्ने गरिए पनि अहिले खसेको पहिरोको अवरोध हटाउन यातायात ब्यवसायीको सामथ्र्य नपुगेको बस्याल बताउँछन् ।
पाङ्ग्रेमा जग देखि नै पहिरोले बाटो बगाएका कारण जेसिभीले काम गर्न नसकिने अवस्था रहेको जनाईएको छ । बाटो सुचारु गर्न स्काभेटर नै प्रयोग गर्नुपर्ने देखिन्छ । तर, ट्रकमा राखेर स्काभेटर लैजान ट्रकबालाले नमानेपछि यो बाटो एक सातादेखि यत्तिकै छ । गएरातीदेखि परेको निरन्तरको वर्षाले पहिरोको भाग बढेको स्थानीयले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप