त्रिशुली अपडेटः शनिवार भेटिएका ३ वटै शवको सनाखत

0 Shares

खगेन्द्र पराजुली, असार ३० ।
नवलपुर । शनिबार नारायणीमा भेटिएका शवहरुमध्ये पहिचान हुन बाँकी एक शवको पनि सनाखत भएको छ । नवलपुरपट्टि गैंडाकोट नगरपालिका वडा नं. ७ गैरीमा नदीे बीचको टापुमा भेटिएका २ मध्ये पहिचान हुन बाँकी शव चितवन जिल्ला माडी नगरपालिका वडा नं. १ का २२ वर्षीय बिकास परियारको भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
भरतपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखिएको उक्त शव मृतकको दाजु विजय परियारले सनाखत गरेका प्रहरीले जनाएको छ ।
बिकास बिरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको बाग्मती प्रदेश ०३–००६–ख १५१६ नम्बरको बसका यात्रु हुन् । शुक्रवार चितवनको सिमलतालमा पहिरोले बगाएको गाडीमा सवार उनलाई त्रिशुलीले बगाएर गैंडाकोट क्षेत्रमा ल्याएको हो ।
योसँगै त्रिशुली घटनामा हराएका दुई बसका वेपत्ता यात्रुमध्ये फेला परेका ३ जनाको शव सनाखत भएको हो । शनिवार चितवनपट्टि मेघौलीको गोलालघाटमा भारतीय नागरिक ऋषि पाल र नवलपुरको गैडाकोटस्थित गैरीमा सर्लाहीका रमित कुसर माझी र माडीका बिकास परियारको शव भटिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप