त्रिवेणी ब्यारेजको ढोकामा भेटियो १४ औं शव

0 Shares

खगेन्द्र पराजुली, असार ३१ ।

नवलपुर । शुक्रवार सिमलताल पहिरोमा परी त्रिशुलीमा वेपत्ता २ वटा बसका यात्रु मध्ये ८ जनाको शव सनाखत भएको छ । त्रिशुली हुदै नारायणीले वगाएर भारतसम्म शव पुऱ्याएको छ । नारायणीका दुवै तर्फका किनार र वीचका टापुहरूमा शव भेटिएका छन् ।

शनिबार ३, आइतवार छ र सोमवार ५ गरी १४ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पहिचान हुन बाँकी ६ वटा शव समेत सिमलताल घटनासँग सम्बन्धित हुन सक्ने प्रहरीको अनुमान छ।

प्राप्त पछिल्लो विवरण अनुसार सोमबार साँझ साढे ६ बजे त्रिवेणी स्थित ब्यारेज पुलमा अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने एक पुरुषको शव भेटिएको छ ।

प्रहरीका अनुसार उक्त शव नेपाल भारत सिमानामा पर्ने ब्यारेज पुलस्थित भारततर्फ पर्ने ढोका नं. ३ मा पानीमा तैरिएको अवस्थामा फेला परेको हो।

वैवारिसे अवस्थामा फेला परेको यो १४ औं शव हो। इलाका प्रहरी कार्यालय दुम्किवासले घटनास्थलको मुचुल्का तयार गरी भरतपुर पठाएको नवलपुर प्रहरीले जनाएको छ ।

सिमलताल घटनाका यात्रुको शव हुनसक्ने भएकाले नारायणी नदी क्षेत्र आसपास भेटिएका सबै लासहरू भरतपुर अस्पतालमा पठाइएको हो।

अहिलेसम्म नवलपुरपट्टि १०, चितत्वम पट्टि ३ र नवलपरासीको क्षेत्रमा १ शव फेला परेका छन् ।

सिमलतालमा पहिरोमा २ वटा वस परेका थिए । ४ दिन वितिसक्दा पनि अझै वस फैला परेका छैनन् । वसमा यात्रु कति थिए भन्ने यकिन विवरण नभए पनि करीव ६५ यात्रु हुन सक्ने वताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप