0
Shares
असार ३१ । नवलपुर । सोमवार विहान मध्यविन्दु – २ भुताहामा भेटिएको शव आफन्तले सनाखत गरेका छन् । काठमाण्डौवाट गौर जादै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको (गणपति) वसमा सवार यात्रुको शव आफन्तले सनाखत गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
उक्त शव रौतहट जिल्ला परुहा नगरपालिका वडा नं. ६ का ४० वर्षीय ऋषि कुमार सिंहको भएको प्रहरीले जनाएको छ ।
मृतकका भाई शुसिल कुमार सिंहले शव सनाखत गरी लगेका छन् ।
यो सँगै सिमलताल घटनाका ९ जनाको शव सनाखत/ पहिचान भएको छ । भेटिएका १४ मध्ये ५ वटा शव सनाखत हुन बाँकी छन् ।