सिमलताल अपडेटः वेपत्ता ६२ मध्ये २२ शव फेला, १४ शव सनाखत, ८ शव वेवारिस

0 Shares

खगेन्द्र पराजुली, असार ४ ।
नवलपुर । गत शुक्रवार सिमलताल पहिरोले बस बगाएर त्रिशुलीमा खसालेको घटना भएको एक साता वितेको छ । एक सातासम्म खोज्दा पनि वस फेला परेको छैन । बरु नारायणी नदीको क्षेत्रमा २२ वटा शव फेला परेका छन् ।
नवलपुर प्रशासनका अनुसार २ वटा बसमा चालक सहित सवार ६५ यात्रुमध्ये ३ जना जिवितै निस्किएका छन् । पहिरोमा परी त्रिशुलीमा वेपत्ता ६२ मध्ये विहिवारसम्म २२ शव फेला परेका हुन् । फेला परेकामध्ये पनि जम्मा १४ शव आफन्त परिवारले सनाखत गरी लगेका जनाईएको छ ।
चितवनपट्टि नारायणीमा भेटिएका ३ र नवलपुरपट्टि भेटिएका ५ गरी ८ वटा शव पहिचान सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
अहिलेसम्म नवलपुरपट्टि १६, चितवनपट्टि ५ र नवलपरासीपट्टि एक शव फेला परेका छन् ।
३ महिला सहित २२ जनाको शव फेला परेकामध्ये ९ वर्षका एक बालकको शव नारायणीमा भेटिएको थियो । फेला परेका र सनाखत भएका शवमध्ये १९ वर्षदेखि ४३ वर्षबीचको उमेरसमूहका मानिसहरु रहेको पाइएको छ ।
सनाखत भएका १४ मध्ये ४ शव भारतीय नागरिकका भएको प्रहरीको विवरणमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप