युनाईटेड गोल्डकपको उदघाटन खेलमा चोरमारा बिजयी,शनिवार वातासिनो कावासोती र रजहर आमनेसामने

0 Shares

नवलपुर, भदौ १५ ।  हुप्सेकोटको गिरुवारीमा शुक्रवारबाट सुरु भएको ३८ औं युनाईटेड गोल्ड कपमा चोरमारा युवा क्लब चोरमारा बिजयी भएको छ । बसन्तपुर फार्मेसीलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै चोरमारा युवा क्लब बिजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट बराबरी १/१ गोल भएपछी खेल ट्राईबेकरमा परिणत भएको थियो । शनिबारको खेल वातासिनो कावासोती र हरियाली युवा क्लब रजहर बिच हुने आयोजकले बताएको छ । युनाईटेड युवा क्लबको आयोजनामा संचालित युनाईटेड गोल्ड कपको ३८ औं संस्करणमा १६ क्लब सहभागी छन ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप