मुक्तिक्षेत्रमा घन्कियो तीजगीतः अमर समूह प्रथम

0 Shares

देवचुली, भदौ १६ । तीजको छेको पारेर देवचुली १२ मा आयोजित प्रतियोगितामा महिलाहरुले सन्देशमूलक गीत गाएका छन् । मुक्तिक्षेत्र महिला कृषक समूहको आयोजनामा शनिवार नागपोखरी बाल उद्यानमा भएको प्रतिस्पर्धामा उनीहरुले दुब्र्यसनी विरुद्धको चेतनामूलक प्रस्तुति प्रस्तुत गरे ।
वडामा क्रियाशील १० महिला समूहले भाग लिएको प्रतियोगितामा अमर आमा समूह प्रथम, हरियाली महिला कृषक समूह द्धितीय, जनकल्याण महिला समूह तृतीय भए भने मुक्तिक्षेत्र आमा समुह सान्त्वना भयो ।
यस्तै, खुल्ला नृत्यतर्फ रेखा कण्डेल प्रथम, आशिका गौतम द्धितीय र सहना सापकोटा तृतीय भए ।
प्रतियोगितामा उत्कृष्ट घोषित भएकालाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
धार्मिक र साँस्कृतिक महत्व बोकेको तीज विकृत र भड्किलो हुँदै गएको नकारात्मक टिप्पणी र बिश्लेषणले चर्चा पाएको परिप्रेक्ष्यमा यहाँका महिला दिदी बहिनीहरुको प्रस्तुतिले समाज सुधार र संस्कृति संरक्षणमा अहम् भूमिका खेल्ने बिश्वास लिईएको छ ।
आयोजक मुक्तिक्षेत्र महिला कृषक समूहकी अध्यक्ष खुमा खनाल भुर्तेलको अध्यक्षता तथा वडाअध्यक्ष लोकप्रसाद भुर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको औपचारिक र साँस्कृतिक गतिविधिको सञ्चालन दुर्गादेबी विष्टले गरेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप