मन्त्री अधिकारी र श्रेष्ठबीच भेटवार्ता

0 Shares

खगेन्द्र पराजुली, भदौ २५ ।
नवलपुर । गण्डकी प्रदेश सरकारका नवनियुक्त भुमि, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीसँग विषयगत छलफल गरेकी छन् ।
संघीय राजधानी काठमाण्डौ पुगेकी मन्त्री श्रेष्ठले केन्द्र सरकारका पछिल्ला गतिविधि, सुकुम्वासी आयोग, सहकारीका विषय लगायत समसामयिक सन्र्दभमा चासो र जिज्ञासा राखेकी थिइन् ।
मन्त्री अधिकारीले सुकुम्वासी आयोग र सहकारीका विषयसँग सम्वन्धित केही कार्यविधिको मस्यौदा निर्माणको कार्य भैरहेकोले सरकारले परिणाममुखी कार्य लिएर आउने आश्वासन दिएका छन् ।
मन्त्री श्रेष्ठसँग शिंहदरबारस्थित मन्त्रालय पुगेका जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले भूमिहीन सुकुम्बासी, दलित सुकुम्वासीको मुद्धा वर्गिय समस्या पनि भएकाले यसमा केन्द्र सरकार गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप