देवचुलीको शिक्षा गण्डकी प्रदेशमा गर्व गर्न लायक छ– नगर प्रमुख न्यौपाने

0 Shares

खगेन्द्र पराजुली, असोज २ ।
देवचुली । देवचुली नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ एक समारोहका बीच मनाएको छ । दलदलदेको सहारा पार्टी प्यालेसमा शिक्षा सम्वद्ध संस्था, ब्यक्तित्व र जनप्रतिनिधिको प्रतिनिधिमूलक उपस्थितिमा विभिन्न गतिविधिका साथ दिवस मनाएको हो ।
औपचारिक मञ्चीय समारोहमा विभिन्न विद्यालयका विद्यार्थीको सांगितिक, साहित्यिक प्रस्तुति, शैक्षिक सत्र २०८० मा तहगत परीक्षामा उत्कृष्ट हुन सफल विद्यालय, विद्यार्थी, विषय शिक्षक सम्मान पुरस्कृत जस्ता गतिविधि गर्दै दिवस मनाईएको हो ।
भब्यताका साथ आयोजित समारोहमा बोलेका नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुलीको शिक्षा गण्डकी प्रदेशमै सुनाउन र गर्व गर्न लायकको भएको दावी गरे । उनले शिक्षामा प्राप्त परिवर्तन, गुणस्तर र परिणामको सम्मान गर्दै नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहयोगका अपेक्षा सुझावका रुपमा मागेका छन् ।
नगर प्रमुख न्यौपानेले अहिलेको सूचना प्रविधिको युगमा प्राविधिक र ब्यवसायिक शिक्षा आवश्यक रहेको बताए । उनले विद्यार्थीलाई उच्च मनोवल र बिश्वासका साथ राष्ट्रलाई आवश्यक परेको शिक्षाका रुपमा उपयोग गर्न उत्प्रेरित भनाई राखेका थिए ।
समारोहमा नगरभित्रका सामुदायिक र निजी विद्यालयबाट प्रतिनिधिमूलक शिक्षक–विद्यार्थी, नगर वडाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शिक्षा शाखाका कर्मचारी, विद्यालय ब्यवस्थावन तथा शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षा समिति, शिक्षा सरोकार सम्वद्ध संघसंस्थाका पदाधिकारी प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप