0
Shares
असोज ११, दुम्किबास । नवलपुरको दुम्किबासमा रोकिराखेको टिप्परमा एक पुरुष मृत भेटिएका छन् । विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित भित्री सडकको सातपत्रे भन्ने ठाउँमा विग्रिएर रोकिराखेको टिप्परमा अन्दाजी २२ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।
प्रहरीका अनुसार मृतक सोही ट्रकका सहचालक हुन् । ना ८ ख ३४८४ नम्वरको टिप्परमा सुतिरहेको अवस्थामा आज शुक्रबार बिहान मृतअवस्थामा फेला पारिएको हो ।
मृतक बर्दघाट नगरपालिका वडा नं. ४ का सन्दीप भण्डारी भएको प्रहरीले जनाएको छ । टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।