प्रथम देवप्रगति सेभेन ए साइड फुटबलः हुप्सेकोटको वेलुवा क्वाटर फाइनल प्रवेश

0 Shares

प्रथम देवप्रगति सेभेन ए साइड फुटबलः हुप्सेकोटको वेलुवा क्वाटर फाइनल प्रवेश
खगेन्द्र पराजुली, असोज १८ ।
देवचुली । प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आज शुक्रवार भएको प्रि क्वाटर चरणको पहिलो खेलमा हुप्सेकोटको बेलुवा फुटबल क्लवले जित निकालेको छ ।
देवचुली ७ रामबासस्थित भीमसेन मावि खेल मैदानमा कावासोतीको स्याउली फुटबल क्लवलाई १–० गोल अन्तरले हराउँदै बेलुवाले क्वाटर फाइनल चरण प्रवेश गर्यो ।
बेलुवाका जर्सी नं. ७ का खेलाडी हिमाल मगरले गरेको एक गोल नै निर्णायक हुन पुग्यो ।
शुक्रबार भएको पहिलो खेलमा वेलुवालाई जितका लागि निर्णायक गोल गरेका हिमाल मगर म्यान अफ द म्याच भए ।
अहिले कावासोती ७ को भगवती एकता युवा क्लव र देवचुलीको प्रगति कला मन्दिरबीच खेल भईरहेको छ । आजै प्रि क्वाटरका चार खेल खेलाईने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप