प्रथम देवप्रगति सेभेन ए साइड फुटबलः प्रगति कला मन्दिर ए क्वाटर चरण प्रवेश

0 Shares

खगेन्द्र पराजुली, असोज १८ ।
देवचुली । प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आज शुक्रवार भएको प्रि क्वाटर चरणको दोस्रो खेलमा देवचुलीका प्रगत कला मन्दिर ए समूहले जित निकाल्दै क्वाटर फाईनल प्रवेश गर्यो ।
देवचुली ७ रामबासको भीमसेन मावि खेल मैदानमा भएको प्रतिस्पर्धामा कावासोती ७ को भगवती एकता युवा क्लवलाई ट्राईव्रेकरमा हराउँदै प्रगति कलाको ए समूहले जित निकालेको हो ।
दुबैतर्फका ३÷३ जना खेलाडीले प्रहार गरेको बलमध्ये भगवती एकताका खेलाडीले हानेको एक बल प्रगतिकलाका गोलकिपरले रोक्न सफल भए । जर्सी नं. १ का खेलाडी शुशिल बिकले रोकेको एक बल जितका लागि निर्णायक बन्यो ।
३० मिनेट खेलाईएको खेलमा गोलरहित बराबरी भएपछि ट्राईब्रेकरमा पुगेको प्रतिस्र्धामा ३–२ गोल अन्तरले कैलाशचोकको प्रगति कला मन्दिरले जित आफ्नो पोल्टामा पारेको हो ।
शुक्रबार भएको दोस्रो खेलमा प्रगतिकलाकै गोलरक्षक शुशिल बिक म्यान अफ द म्याच भए । आज एकैदिन ४ वटा खेल खेलाईने तालिका रहेकोमा यस अघि भएको प्रतिस्पर्धामा हुप्सेकोटको बेलुवाले कावासोतीको स्याउलीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
अहिले चितवनको योङब्वाइज र हसौराको बालस्टारबीच खेल भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप