प्रथम देवप्रगति सेभेन ए साइड फुटबलः प्रायोजक टोली प्रि क्वाटरबाटै बाहिरियो

0 Shares

खगेन्द्र पराजुली, असोज १८ ।
देवचुली ।  प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिताको मुख्य प्रायोजक सेन्टर कलेज भरतपुरको प्रतिनिधित्व गर्दै खेलेको चितवनको योङ ब्वाईज प्रि क्वाटरबाटै बाहिरिएको छ ।
शुक्रवार भएको प्रि क्वाटर चरणको तेस्रो खेलमा हसौराको बालस्टारसँग खेलेको प्रायोजक टीम योङ ब्वाइज ५–१ गोलको फराकिलो अन्तरले पराजित भयो ।
कावासोती ४ हसौराको बालस्टारका सर्जित गुरुङ एक्लैले ४ गोल गर्दा अर्का खेलाडी बिबेक महतोले १ गोल गरे । शुरुदेखि नै दवाबै दबावमा खेलेको योङ ब्वाइजका खेलाडी बिशाल तामाङले सान्त्वना गोल फर्काए ।
शुक्रबार खेलाईएको अन्तिम खेलमा बाल स्टारका तर्फबाट ४ गोल गरेका सर्जित महतो म्यान अफ द म्याच हुुँदा योङब्वाईजका बिशाल तामाङलाई रेफ्रीले रेड कार्ड देखाए । २ पटकसम्म पहेलो कार्ड खाएका बिशाललाई अपशब्द बोलेको भन्दै रेफ्रीले रातो कार्ड दिएको खेल अफिसियल वेञ्चले जनायो ।
खेल संयोजक अर्पण सुवेदीका अनुसार शनिबार प्रि क्वाटर चरणका बाँकी ५ खेल हुनेछन् । शुक्रबार खेलाईने भनिएको ४ खेलमध्ये ३ खेल मात्रै भए ।
शुक्रबार भएका खेलमा जित निकालेका हुप्सेकोटको बेलुवा, देबचुलीको प्रगति कला ए र हसौराको बालस्टार क्वाटर फाइनलमा छिरेका छन् । प्रतिस्पर्धामा बेलुवासँग कावासोतीको स्याउली, प्रगति कला एसँग कावासोती ७ को भगवती एकता र बालस्टारसँग योङब्वाइज खेलेका थिए ।
शनिबारको पहिलो खेल बिहान साढे ७ बजे रजहरको अभिषेक चर्च र कावासोतीको योङ स्टारबीच हुनेछ भने दिउँसो साढे १ बजे देवप्रगति युवा समाज र रजहरको कुजौली फुटबल क्लब खेल्नेछन् । यस्तै साढे २ बजे देवचुली युथ सेभेन्टीन र देवचुली लेजेण्टबीचको प्रतिस्पर्धा हुनेछ । यि दुबै टीम बाईमा परेर सिधै प्रि क्वाटर खेल्नेछन् । शनिबारको चौथो खेल ्साढे ३ बजे देवचुली ७ को नेपाल कराँते संघ र देवचुली ६ को साथीभाई युवा क्लवबीच हुने तालिका छ भने शनिबारै प्रि क्वाटरको अन्तिम प्रतिस्पर्धामा साढे ४ बजे देवचुली कैलाशचोकको प्रगति कला मन्दिर बि र रजहरको फारम फुटबल क्लव भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप