खगेन्द्र पराजुली, असोज १९ ।
देवचुली । प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आज शनिबार बिहान भएको प्रि क्वाटर चरणको पहिलो खेलमा रजहरको अभिषेक चर्चले जित निकालेको छ ।
देवचुली ७ रामबासस्थित भीमसेन मावि खेल मैदानमा कावासोतीको योङ स्टार क्लवसँग खेलेको अभिषेक चर्चले २–१ गोल अन्तरले जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेको हो ।
अभिषेक चर्चका लागि एलिस तामाङ र रोशन क्षेत्रीर्ले एक एक गोल गरे भने योङ स्टारका तर्फबाट सचिन सेढाईले एक गोल गरे ।
शनिबार भएको पहिलो खेलमा वअभिषेक चर्चका खेलाडी रोशन क्षेत्री म्या अफ द म्याच भोषित भए ।
शुक्रबारदेखि शुरु भएको प्रि क्वाटरका खेल शनिबारै सम्पन्न गर्ने गरी अझै चार वटा खेल हुने तालिका छ । जसअनुसार दिउँसो १ बजे आयोजक देवप्रगति युवा समाज र रजहरको कुजौली फुटबल क्लब खेल्नेछन् भने २ बजे देवचुली युथ सेभेन्टीन र देवचुली लेजेण्टबीचको प्रतिस्पर्धा हुनेछ । यि दुबै टीम बाईमा परेर सिधै प्रि क्वाटर खेल्नेछन् ।
शनिबारको चौथो खेल ३ बजे देवचुली ७ को नेपाल कराँते संघ र देवचुली ६ को साथीभाई युवा क्लवबीच हुने तालिका छ भने शनिबारै प्रि क्वाटरको अन्तिम प्रतिस्पर्धामा ४ बजे देवचुली कैलाशचोकको प्रगति कला मन्दिर बि र रजहरको फारम फुटबल क्लव भिड्नेछन् ।
अहिलेसम्म भएका प्रि क्वाटरका ४ खेलबाट हुप्सेकोटको बेलुवा, देबचुलीको प्रगति कला ए, हसौराको बालस्टार र रजहरको अभिषेक चर्च क्वाटर फाइनल पवेश गरेका छन् ।
शनिबार प्रि क्वाटर सकिएपछि आइतबार क्वाटरफाइनल, सोमबार सेमिफाइन समीकरणपश्चात् २२ गते मंगलबार फाइनल प्रतिस्पर्धासहित प्रतियोगिता समापन हुने आयोजकले जनाएको छ ।