सेभेन ए साइड फुटबल प्रतियोगिताः सकियो प्रि क्वाटर, आइतबार क्वाटर फाइनलका पुरै खेल हुने

0 Shares

खगेन्द्र पराजुली, असोज २० ।
देवचुली । रामबासमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रि क्वाटर चरण समीकरण पूरा भएको छ । प्रि क्वाटर सकिएसँगै आइतबार क्वाटर फाइनलका सबै चार खेल हुने आयोजकले जनाएको छ ।
टाई सिटका अनुसार आइतबारको पहिलो खेल दिउँसो १ बजे हुप्सेकोटको बेलुवा फुटबल क्लव र देवचुलीको प्रगति कला मन्दिर ए बीच हुनेछ भने दोस्रो खेल २ बजे कावासोती ४ हसौराको बालस्टार युवा क्लब र देवचुली रजहरको अभिषेक चर्चबीच हुनेछ ।
आइतबारै दिउँसो ३ बजे आयोजकमध्येको देवचुली लेजेण्ड र देवचुली ६ को साथीभाई युवा क्लबबीच तेस्रो खेल हुनेछ भने चौथो तथा अन्तिम क्वाटर फाइनलमा आयोजक देवप्रगति युवा समाज र देवचुली रजहरको फारम युवा क्लव प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार भएका ५ खेलमा अभिषेक चर्चले कावासोतीको योङ स्टारलाई हराउँदै क्वाटर फाइनल प्रवेश गरेको हो भने देवचुली लेजेण्डले देवचुली अण्डर सेभेन्टीनसँग जितेर अगिल्लो चरणको यात्रा बनायो । देवप्रगतिले भने रजहरको नारायणी युवा क्लवलाई जितेर क्वाटर फाइनलमा छिर्यो ।
यस्तै, देवचुली ७ को कराँते संघ र साथीभाईबीच भएको प्रतिस्पर्धामा साथीभाईले जित निकाल्दै क्वाटर फाइनल खेल्ने मौका सुरक्षित गर्यो । अन्तिम प्रि क्वाटरमा भिडेको फारमले देवचुली कैलाशचोकको प्रगति कला मन्दिरको बी समूहसँग जित निकाल्दै क्वाटर फाइनलमा भिड्ने भएको छ । शनिबार दिउँसो १ बजे भएको खेलमा देवचुली अण्डर सेभेन्टीनलाई देवचुली लेजेण्डका प्रमिस नेपालले गरेको २ गोलको योगदानले जित निकाल्यो ।
यस्तै, आयोजक देवप्रगति र कुजौलीबीच भएको प्रतिस्पर्धामा आयोजकका जर्सी नं. ७ का नविन मगरले २ र जर्सी नं. ११ का नविन थापाले गरेको १ गोलका साथ सहजै क्वाटर फाइनल छिर्यो ।
प्रि क्वाटरको सातौं प्रतिस्पर्धामा उत्रिएको कराँतेलाई साथीभाइले ४–१ गोल अन्तरले जित्यो । साथीभाईका लागि प्रितम राई, सुनिल शर्मा, निशान थनेत र दिपेश मगरले एक–एक गोल गर्दा कराँतेका बिशाल सारुले सान्त्वना गोल गरेका हुन् ।
क्वाटर फाइनल प्रवेशको लक्षय बोकेर मैदानमा उत्रिएको प्रगति कला मन्दिर बी लाई फारमका गोकिपरले हारको मजा चखाए । अत्यन्त प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका दुवै टीमबाट २–२ गोलको बरावरीपछि भएको ट्राइब्रेकरमा फारमका गोलकिपर बिशाल क्षेत्रीले रोकेको एक बल निर्णायक भयो । फारमका विपिन सुनार र सुशन क्षेत्रीले २ गोलको योगदान दिदा प्रगति कलाका अनिल बिरकट्टा र सुशान्त थापाले प्रतिउत्तर गोल फर्काएका थिए । तर, ट्राइव्रेकरमा दुबैतर्फबाट ३÷३ जना खेलाडीले प्रहार गरेमध्ये प्रगति कलाका एक खेलाडीले हानेको बल किपरले रोक्दा प्रगति कलाको अर्को चरण प्रवेशमा ब्रेक लाग्यो ।
चारवटै खेलमा देवचुली लेजेण्डका प्रमिश नेपाल, देवप्रगतिका रोशन थापा, साथीभाईका दिपेश मगर र फारमका बिशाल क्षेत्री म्यान अफ द म्याच भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप