कावासोतीबाट तास खेल्दै गरेका ५ जना पक्राउ

0 Shares

असोज २८, नवलपुर ।

नवलपुरको कावासोतीबाट तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राति कावासोती नगरपालिका २ हिमाल चोकमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

कावासोती २ हिमाल चोक निवासी ४० बर्षीय उज्जवल मल्लको घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिइएको हो l प्रहरीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ ।

त्यसैगरी कावासोती २ निवासी ४० बर्षीय गोविन्द न्यौपाने, ४२ वर्षका खिम लामिछाने मगर, ४५ बर्षीय रामजी पाण्डे र कावासोती ३ निवासी २९ बर्षीय देवराज बस्याल पक्राउ परेका छन् l

प्रतिक्रिया
सम्बन्धित समाचार थप