कार्तिक ९, कावासोती ।
शिव माविका विद्यार्थीले कावासोती नगरपालिकाको फोहोर ब्यवस्थापन सम्वन्धि प्रोजेक्ट अभ्यास गरेका छन् । शिव माविमा कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीको एक समूहले नगरपालिकाको फोहोर ब्यवस्थापन प्लाण्टको अध्ययन, अवलोकन र निरीक्षणका साथै प्रोजेक्ट अभ्यास गरेका हुन् ।
विज्ञान शिक्षक तेजनारायण चापागाईका अनुसार कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षत्रबहादुर भण्डारीले प्राजेक्टको रिसर्च र अभ्यासका बारेमा जानकारी दिएपश्चात् नगरपालिकाकै इन्जिनियरको टोली, कर्मचारी, विद्यार्थीको समूह र शिक्षक प्रतिनिधिले साइट भिजिट गरेका हुन् ।
विद्यार्थीहरुले नगरपालिकाको फोहोर ब्यवस्थापनको स्थिति, औषतमा वार्षिक उत्पादन हुने फोहोरको अवस्था, प्रतिब्यक्ति उत्पादित फोहोरको अवस्था, बातावरणीय प्रभाव जस्ता सूचकहरुमा केन्द्रित रहेर बैज्ञानिक फोहोर ब्यवस्थापन, फोहोर रिसाइक्लिङ, वर्गीकरण एवं फोहोरबाट प्राप्त हुन सक्ने आम्दानी प्रतिफलका प्राजेक्ट वर्क गरेका थिए ।
८ जना विद्यार्थीको समूहले गरेको स्थलगत अध्ययनपश्चात् उनीहरुले कावासोतीको फोहोर ब्यवस्थापन सम्वन्धि पाईएको प्रतिवेदन तयार गर्नेछन् । बिज्ञान विषयलाई समाजसँग जोड्दै गरिने यस्ता परियोजना अभ्यासले विद्यार्थीको अध्ययन, प्रयोगात्मक अभ्यासमा टेवा पुर्याृउनुका साथै तथ्यगत, विश्वासिलो र उपयोगी प्रतिवेदन निर्माणमा अभ्यास र अनुभव हासिल हुने विज्ञान संकाय अन्तर्गत रसायन शास्त्रका शिक्षक तेज नारायण चापागाईले बताए ।
विद्यार्थीले गर्ने यस्ता अभ्यासले उनीहरुमा प्राजेक्ट निर्माण, प्रस्तुतिकरण जस्ता ब्यक्तिगत क्षमता बिकास हुनुका साथै सार्वजनिक सरोकारका योजना परियोजनाको दिगोपनाका अवधारणाको विश्लेषणात्कम सार पनि निस्कने भएकाले यस्ता अभ्यास नगरपालिकाका लागि पनि उपयोगी हुने शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले प्रतिक्रिया दिए ।
