नवलपुर ११ लाई हराउँदै अभिषेक चर्च क्वाटर फाइनल प्रवेश

0 Shares

नवलपुर, मंसिर १० ।
नवलपुर ११ लाई पराजित गर्दै रजहरको अभिषेक चर्चको समूह क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
प्रथम देवचुली गोल्डकपको चौथो दिन सोमबारको खेलमा नवलपुर ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै रजहरको अभिषेक चर्च प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अभिषेकका विदेशी खेलाडी हेनरीले २ गोल गर्दा सुरजीत बुढाथोकी, आशिष सुनार र अभिषेक महतोले एक एक गोल हाने ।
मध्यान्तर अगाडि अभिषेकले ३ गोल गरेपछि निकै दवावमा खेलेको नवलपुर ११ ले हाफ पछिको खेलमा लगातार २ गोल बेहोर्नुपर्यो ।
अन्तिम अन्तिम तिर लयमा खेलेको नवलपुर ११ का रोशन क्षेत्रीले २ र विक्की चाम्लिङ राईले १ गोल गरे ।
खेलको म्यान अफ द म्याच अभिषेक चर्चका अनिल खड्का भए ।
मंगलबार सेन्टर कलेज २८ विगाहा र साथीभाई फुटबल क्लव बिच खेल हुनेछ ।
नकआउट नियममा सञ्चालित प्रतिस्पर्धामा समूह १ बाट कावासोतीको वाटासिनो योङस्टार, चितवनको योङब्वाइज क्वाटरफाइनल प्रवेश गरेको छ भने समूह २ बाट आयोजक शान्तिदीप युवा क्लव र अभिषेक चर्चले क्वाटरफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक शान्तिदीप युवा क्लव सचिवालयले जनाएको छ ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
नाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप