खगेन्द्र पराजुली,
नवलपुर, मंसिर ११ ।
देवचुली गोल्डकपमा बुधबार पहिलो चरणको अन्तिम खेल हुँदैछ । १४ टोली सहभागी फुटबल प्रतिस्पर्धाको छैंठौ दिन बुधबार गैंडाकोट फुटबल क्लव र देवचुली दलित युवा समाजबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । टाईसिटका आधारमा ए पोलबाट बाइमा परेको समूह र बी पोलबाट बाइमा परेको टीमले सिधै क्वाटर फाइनल खेल्नेछन् ।
यस्तै, मंगलबारको खेलमा सेन्टर कलेज २८ विगाहाले क्वाटर फाइनल खेल्ने मौका पाएको छ । साथीभाई फुटबल क्लवसँग ३–१ गोल अन्तरले जित निकाल्दै २८ विगाहाले क्वाटर फाइनलको अवसर जितेको हो ।
२८ विगाहाका लागि विदेशी खेलाडी युमी, सिर्जन क्षेत्री र आकाश मगरले १–१ गोलको योगदान गरे भने साथीभाइका शुरेस कुमालले गरेको शुरुवाती गोल मात्रैमा सिमित रह्यो ।
पाचौं दिनको म्यान अफ द म्याच २८ विगाहाका सिर्जन क्षेत्री भए ।
शान्तिदीप युवा क्लवले शुरुवात गरेको प्रथम देवचुली गोल्डकप जिल्लाकै दोस्रो ठलो राशी र देवचुलीकै सर्वाधिक राशी पुरस्कारको प्रतियोगिता भएको आयोजकको दावी छ । देवचुली गोल्ड कपको प्रथम २ लाख ७५ हजार, दोस्रो १ लाख ५० हजार र सान्त्वना २ टीमलाई पच्चीस हजार राशीको पुरस्कार रहेको छ ।
देवचुली नगरपालिका वडा नं. १० पृथ्वीनगरको लोकाहा स्थित देवचुली नगर रंगशालामा मंसिर ७ देखि दैनिक एउटा खेल भइरहेको छ । प्रतियोगिता मंसिर २२ गतेसम्म चल्ने खेल तालिका रहेको छ ।
२२ गतेसम्म चल्ने खेल तालिका रहेको छ ।